आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजेन्द्रकुमार राउत गैरआवासीय नेपाली संघको सीईओ नियुक्त

शुक्रबार, १२ साउन २०८०, १३ : ३०
शुक्रबार, १२ साउन २०८०

 काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्रकुमार राउत नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा.बद्री केसीकाअनुसार गत महिना रविकिरण अधिकारीले राजीनामा दिएपछि रिक्त  उक्त पदमा राउत नियुक्त भएका हुन् । 

राउतलाई गैरआवासीय नेपाली संघद्धारा गठित सीईओ छनोटले दोस्रो नम्बरमा सिफारिस गरेको थियो । संघको कर्मचारी नियमावली अनुसार पहिलो नम्बरमा रहेका अधिकारीले सो पद छोडे पछि राउत स्वतः नियुक्ती भएका हुन् । 

यसअघि राउतले कोरोना महामारीको बेला विदेशमा बस्ने नेपालीहरुलाई उद्धार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा सो महामारीमा मध्यपूर्वका देशबाट मात्र ३० हजार भन्दा बढी नेपालीहरुको उद्धार गरिएको थियो । 

गत वर्ष संघको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।  सीईओ छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा.बद्री केसी, महासचिवद्वय डा.केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ रहेका थिए। 

यस्तै विज्ञको रुपमा भीम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो। छनोट समितिकै सिफारिशलाई आधार बनाएर संघले उनलाई नियुक्ती दिईएको हो । उनले शुक्रवारदेखि संघको केन्द्रीय कार्यालयमा आफ्नो कार्यवाहक समाल्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप