आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धार्मिक स्थलमा यस्तो हर्कत गरेर टिकटक बनाउनेलाई प्रहरीले समात्यो

शुक्रबार, १२ साउन २०८०, २३ : १३
शुक्रबार, १२ साउन २०८०

धनुषा । धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपश्चात् प्रहरीले धनुषा औरही गाउँपालिका ६ पोखरभिण्डाका ती युवकलाई पक्राउ गरेको हो । 

अनिरूद्रमाथि थप अनुसन्धान कार्य भइरहेको र टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोज तलास भइरहेको धनुषा प्रहरीले जनाएको छ । 

सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप