आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

शुक्रबार, १२ साउन २०८०, १४ : ५३
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि ४ को पानीघाटमाथि मारूती भेन दुर्घटना भएको छ । शुक्रबार भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए । वा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा चालक २० वर्षीय नवराज ठोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको डीएसपी अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप