आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकासशील मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सबै मिल्नुपर्छ : अध्यक्ष अग्रवाल

शुक्रबार, १२ साउन २०८०, २० : ०६
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सरकार, नियामक निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय तथा सहकार्यको आवश्यकता रहेको बताएका छन् । 

शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले सहुलियतपूर्ण कर्जा र अनुदान पाइरहेको उल्लेख गर्दै नेपाल स्तरोन्नति भइसकेपछि पाउँदै आएको अनुदान हट्दै जाने भएकाले त्यसबारेमा सबै निकायले सोच्नुपर्ने बताए । 

अध्यक्ष अग्रवालले निर्यातमा आबद्ध उद्योगी व्यवसायीहरुलाई यसबाट पर्न असर र कसरी अघि बढ्ने भन्ने स्पष्ट योजना सरकारले सोच्नुपर्ने बताए । उनले सरकारले आगामी दिनमा निर्यात प्रोत्साहनका लागि कस्तो नीति लिन खोजेको छ भन्ने विषयमा निजी क्षेत्रले थाहा पाउनुपर्ने बताए । अध्यक्ष अग्रवालले निर्यात बढाउन उत्पादकत्व बढाउने र उत्पादकत्व लागत घटाउने काम गर्नुपर्ने बताए  ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले नेपालले पाइँदै आएको सहुलियत भविष्यमा रोकिनसक्छ भनेर अहिले नै पछि हट्न नहुने बताए । उनले नेपाल कम विकसित राष्ट्र भएकाले पाउने धेरै सहायता घटेपनि विकासशील मुलुकमा बढुवा हुँदा खुल्ने नयाँ प्रकारका अवसरलाई बुझ्नुपर्ने बताए । 

फुँयालल नयाँ अवसरका लागि सरकारले तयारी गरिरहेको र यसमा निजी क्षेत्रले पनि साथ दिनुपर्ने बताए । उनले नेपालको आर्थिक विकासका लागि अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा बढुवा भएर जानैपर्ने बताए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप