आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महामारी

लम्पी स्किनको प्रभाव : कर्णालीमा १७ करोड बढीको आर्थिक क्षति

शनिबार, १३ साउन २०८०, ०६ : ३८
शनिबार, १३ साउन २०८०

सुर्खेत । असार मसान्तसम्म कर्णालीमा लम्पी स्किन नामक् रोगबाट ८ हजार ७९३ वटा पशु चौपायाको मृत्यू भएको छ । २ लाख १७ हजार १३४  पशुचौपाया उक्त रोगबाट संक्रमित छन् । 

संक्रमित हुने दर लगातार बढिरहेको छ भने मृत्यूदर ४.०७ प्रतिशत रहेको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्ला लगायतका जिल्ला बढी प्रभावित छन् । १० जिल्लामा गरी बाच्छा, बाच्छी १ हजार ४७२, गाई २ हजार २७७, गोरु ४ हजार ७०४, भैँसी २५३, चौँरी १४ को मृत्यू भएको छ । 

पशु चौपायाको संक्रमण र मृत्यूबाट कर्णालीमा १७ करोड ५३ लाख ७६ हजार बराबरको आर्थिक क्षति भएको छ । यो तथ्याङ्क फागुनदेखि असार मसान्तसम्मको हो । ‘गोरु मरेको खण्डमा उसले गर्ने श्रम र त्यसबाट हुने क्षतिलाई पनि हामीले जोडेका हौँ,’ पशुपन्छी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले भने ।

कर्णाली दूधमा आत्मनिर्भर छ । विशेष गरी सल्यान, सुर्खेत, दैलेख र रुकुम पश्चिममा ठुलो मात्रामा दूध उत्पादन हुने गरेको छ । तर, लम्पी स्किनले दूध उत्पादनमा पनि ठूलो मात्रामा ह्रास आइरहेको निर्देशनालयले जनाएको छ । 

कर्णालीमा फागनु महिना यता लम्पी स्किनको महामारी फैलिएको थियो । 

कुन जिल्लामा कति क्षति ?
photo (2)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप