आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

म नै हुँ

शनिबार, १३ साउन २०८०, ११ : ११
शनिबार, १३ साउन २०८०

म नै हुँ
तिम्रा हजुरबालाई
विद्यालय आउन रोक्ने
तिम्रा बालाई
तिमीले पढेर काम छैन भन्ने

म नै हुँ 
तिमीलाई विद्यालयमा 
विभेद गर्ने
समाजमा
सामाजिक दूरी कायम गराउने
रोक्दा रोक्दै पनि
तिमी रोकिएनौं

हो, म नै हुँ
तिमीलाई कार्यालयको
प्रमुख हुन रोक्ने
राष्ट्रप्रमुख हुन रोक्ने

तिम्रा छोराछोरीलाई नि रोक्छु
तिम्रा नाति नातिनालाई नि रोक्छु
किनभने 

म नै हुँ
तिमी पैतलाबाट जन्मेको
हल्ला चलाउने
विश्वास नगर्नेलाई
चार डाँडा कटाउने
जात व्यवस्था लदाउने
शोषण गर्ने 

हो, म नै हुँ
अन्तरजातीय विवाह गर्ने
जोडीको घर जलाउने
लखेटी लखेटी ज्यान लिने
बद्नाम गराउने
आत्महत्या प्रमाणित गर्ने

हो म नै हुँ, म नै हुँ
त्यो मान्छे
जसले तिमीलाई
रोकिरहन्छु जहाँतहीँ ।

लालबन्दी–४, हरिभवन, सर्लाही

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मकरबहादुर सार्की
मकरबहादुर सार्की
लेखकबाट थप