सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इटालीको पोस्टमा स्वीडेनको ५ गोल, अन्तिम १६ मा प्रवेश

शनिबार, १३ साउन २०८०, १६ : ००
शनिबार, १३ साउन २०८०

वेलिङटन । इटालीमाथि शानदार जीत हासिल गर्दै स्वीडेनले एक खेल अगावै महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार भएको समूह जी अन्तरगतको खेलमा स्वीडेन ५–० गोलले विजयी बनेको हो । 

सन् २०१९ को फाइनलिस्ट टोली स्वीडेनका लागि पहिलो हाफको सात मिनेटको अन्तरालमा अमान्डा इलेस्टेड्ट, फ्रडोलिना रोल्फो र स्टीना ब्ल्याकस्टेनियसले एक–एक गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमा अमान्डाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता फराकिलो बनाइन् । इन्जुरी समयमा सब्सटिच्युट रेबेका ब्लोमकिभिस्टले गोल गर्दै टोलीलाई सानदार जित दिलाइन् ।

समूह जीमा दुई खेलमा दुवैमा जीत हासिल गर्दै स्वीडेन शीर्ष स्थानमा रहेको छ । अब नकआउट चरणमा स्वीडेनले अमेरिका, नेदरल्याण्ड र पोर्चुगलमध्ये एकको सामना गर्नेछ । इटाली ३ अङ्कसहित समूहको दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप