आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

ठमेलस्थित होटल भियानामा राजस्वको छापा

आइतबार, १४ साउन २०८०, १६ : ०८
आइतबार, १४ साउन २०८०

काठमाडौँ । काठमाडौँको ठमेलस्थित होटल भियानामा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि छापा मारिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ ।  ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप