आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करीमा संलग्न आशंकामा सामाखुसीबाट थप एकजना पक्राउ

आइतबार, १४ साउन २०८०, ११ : ४९
आइतबार, १४ साउन २०८०

काठमाडौँ । सुन तस्करीमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दावा छिरिङ छन् । सशस्त्र प्रहरी बलको सहयोगमा उनलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो । सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ ।

‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप