आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरणमा पक्राउ परेका दावाको साथमा बेल्जियन पासपोर्ट

आइतबार, १४ साउन २०८०, १२ : १३
आइतबार, १४ साउन २०८०

काठमाडौँ । सुन तस्करीमा संलग्न आशंकामा पक्राउ गरिएका दावा छिरिङ बेल्जियमका नागरिक रहेको थाहा भएको छ । राजस्व अनुसन्धान विभागबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको थियो ।

छिरिङको साथबाट बेल्जियमको पासपोर्ट भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन  साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।

सुन तस्करीमा संलग्न आशंकामा छिरिङ सहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप