आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदुर र बाबुलको ‘व्यथा’मा विनोद र सोनीकाको अभिनय

आइतबार, १४ साउन २०८०, १२ : ५७
आइतबार, १४ साउन २०८०

काठमाडौँ । गीतकार विदुर राज गिरीको पछिल्लो गीत ‘व्यथा’ सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयका चर्चित गायक तथा सङ्गीतकार बाबुल गिरीको स्वर तथा सङ्गीत छ ।

निकै मार्मिक तथा दुःखका शब्दले भरिपूर्ण गीत कर्णप्रिय छन् । गीतको भिडियोमा पनि एक व्यक्तिको जीवनमा आइपर्ने विभिन्न पिर, व्यथा देखाइएको छ ।

कलाकार विनोद श्रेष्ठ, सोनीका बास्तोला, गीतकार गिरी , ब्रिजेशराज गिरी लगायतको अभिनय रहेको भिडियोमा एउटा पुरुष व्यक्तिको जीवनको उतारचढाव देखाइएको छ । भिडियोको निर्माता सुजाता गिरी हुन् ।

उमेश गुरुङको निर्देशन रहेको भिडियोका व्यवस्थापक प्रदीप गिरी हुन् । सुनिल भण्डारीको छायाङ्कन रहेको भिडियो रोशन धितालले सम्पादन गरेका हुन् । सुबि प्रोडक्सनले निर्माण गरेको भिडियो गीतकार गिरीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप