आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना नियन्त्रणमा

आइतबार, १४ साउन २०८०, १३ : २८
आइतबार, १४ साउन २०८०

रुपन्देही ।     प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  सियारी गाउँपालिका-७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

सियारी गाउँपालिका-७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप