आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल र गोली बरामद, दुईजना पक्राउ

आइतबार, १४ साउन २०८०, १३ : ४०
आइतबार, १४ साउन २०८०

सिरहा । सुखिपुर नगरपालिका-४ गोडिअर्वाबाट होममेड सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ बननिया बस्ने २४ वर्षीय कम्रुदिन राइन र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  

प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।   
यस सम्बन्धमा थप अनुसन्धान भइरहको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप