आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदमा जानुअघि प्रत्येक दिन रास्वपा संसदीय दलको बैठक बस्ने

आइतबार, १४ साउन २०८०, १४ : १७
आइतबार, १४ साउन २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठकअघि प्रत्येक दिन संसदीय दलको बैठक बस्ने अभ्यास थालेको छ । साउन १० गतेबाट प्रतिनिधिसभा बैठकअघि संसदीय दलको बैठक बस्ने अभ्यास सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले रातोपाटीलाई भने, ‘संसद् बैठक बस्ने दिनमा बैठकमा जानुभन्दा अगाडि आपसमा छलफल गर्ने अभ्यास सुरु गरेका छौं ।’ परियारका अनुसार संसदीय दलको बैठकमा सम्बन्धित दिनको संसद् बैठकका एजेण्डामाथि छलफल हुने छ । 

संसदीय दलको बैठक संसद् भवन बानेश्वर वा दलको कार्यालय सिंहदरबारमा बस्ने उनको भनाइ छ । ‘पार्टी सभापतिज्यूले बैठकको विषय वस्तुमाथि छलफल गरेर संसदमा जानुप¥यो भन्नुभयो । साउन १० गते पनि बैठक बसेको थियो । भोलि पनि बैठक बस्छौं ,’ परियालले भने ।

असार ३१ मा बसेको प्रतिनिधिसभा बैठकमा प्रक्रिया नबुझेर बेल घेराउमा उत्रिएको रास्वपा पूर्वतयारी गरेर मात्र अब बैठकमा प्रस्तुत हुन लागेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप