आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रस्तावित संघीय शिक्षा ऐनप्रति शैक्षिक परामर्श व्यवसायीहरूको आपत्ति

आइतबार, १४ साउन २०८०, १४ : २३
आइतबार, १४ साउन २०८०

काठमाडौँ । प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदाप्रति शैक्षिक परामर्श व्यवसायीहरूले आपत्ति जनाएका छन् । शैक्षिक परामर्शको क्षेत्रका क्रियाशील रहेका विभिन्न संस्थाहरूले मस्यौदाप्रति आपत्ति जनाएका हुन् ।

उनीहरूले प्रस्तावित मस्यौदामा समेटिएका विभिन्न बुँदाप्रत्ति आपत्ति जनाउँदै खारेजीको माग समेत गरेका छन् । मस्यौदाको दफा ६५ को उपदफा ५ (३) बुँदामा आपत्ति जनाएका छन् ।

त्यस्तै उपदफा ६ मा समेत उनीहरूले आपत्ति जनाएका छन् । इक्यान, एक्यान, केक्यान, एरि नेपाल, नेवा लगायतका ११ वटा संस्थाले पत्रकार सम्मेलन गर्दै दुवै दफा खारेज गर्नुपर्ने माग गरेका छन् ।

प्रस्तावित संघीय शिक्षा ऐन २०८० को उक्त दफामा आर्थिक लगानीको सुरक्षाको नाममा धरौटीलगायत विविध सुरक्षा उपायहरूको परिकल्पना समावेश गरिएकोमा गम्भीर आपत्ति जनाए । 

 शैक्षिक परामर्श पेशा शैक्षिक तथा भिसा परामर्श दिने भएकोले सेवा दिएवापत न्यूनतम शुल्क लिने भएको हुँदा धरौटीको रकम आवश्यक नपर्ने हुँदा मस्यौदाको दफा ६५ उपदफा ५ र ६ खारेजीको माग गर्नुपर्ने उनीहरूको माग छ ।

उक्त दफाहरू नसच्याए चरणबद्ध विरोधका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । उनीहरूले उक्त दफा उपदफा हटाउन भन्दै सभामुखलाई समेत ज्ञापनपत्र बुझाएका थिए । 

press note 1press note 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप