आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुद्दती निक्षेपको तीन महिने व्यवस्था खारेज गर्न सीबीफीनको माग

आइतबार, १४ साउन २०८०, १५ : ५९
आइतबार, १४ साउन २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले छोटो अवधिको मुद्दती बचतको व्यवस्था खारेज गर्न केन्द्रीय बैंकसँग माग गरेको छ । तीन महिने जस्तो छोटो अवधिको निक्षेपलाई समेत मुद्दतीमा गणना गर्न पाउने व्यवस्थाले बचत निक्षेप समेत मुद्दतीमा रुपान्तरण भइरहेको र सो कारणले बैंक तथा वित्तीय संस्थाहरुको कस्ट अफ फन्ड बढिरहेको सीबीफीनको भनाइ छ ।  

धेरै छोटा अवधिका मुद्दती निक्षेपको व्यवस्थाले दीर्घकालीन कर्जा विस्तारमा समेत अवरोध सृजना गरिरहेको बताउँदै सीबीफीनले यस्तो व्यवस्थालाई हटाउन मनासिब देखिएको बताएको हो । 

हाल मुद्दती निक्षेपमा न्यूनतम तीन महिनादेखि ६ महिना, १ वर्ष, २ वर्ष वा बहुवर्षसम्म बचत गर्न सकिने व्यवस्था छ । साधारण बचतको भन्दा धेरै ब्याजदर प्रदान गर्नुपर्ने हुँदा बैंकहरुले लामो अवधिको मुद्दती बचत चाहेका हुन् ।

हाल बैंकहरुले बचतमा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज प्रदान गरिरहेका छन् । जसले संस्थाको कस्ट अफ फन्ड (लगानी) बढेको भन्दै बैंकहरुले छोटो अवधिका बचतहरुलाई साधारण बचतको रुपमा गणना गर्न माग गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप