सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोलम्बियासँग जर्मनी स्तब्ध

सोमबार, १५ साउन २०८०, ०९ : ३३
सोमबार, १५ साउन २०८०

सिड्नी । म्यानुएला भानेगासले ९७ औँ मिनेटमा गोल गर्दा महिला विश्वकपमा जर्मनी कोलम्बियासँग स्तब्ध बनेको छ । आइतबार भएको खेलमा कोलम्बिया २–१ गोलले विजयी बनेको हो ।

लिन्डा काइसिडोले खेलको ५२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै दक्षिण अमेरिकी टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, ८९ औँ मिनेटमा अलेक्सान्ड्रा पोपले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई खेलमा फर्काइन् ।

खेल बराबरी हुने अनुमान गरिरहँदा इन्जुरी समयमा भानेगासले लेइसको सान्तोषको पासमा गोल गर्दै कोलम्बियालाई जीत दिलाइन् । जर्मनीले विश्वकपको समूह चरणमा हारको स्वाद चाखेको सन् १९९५ पछि पहिलोपटक हो ।

जीतसँगै कोलम्बिया ६ अंकसहित समूह एचको शीर्ष स्थानमा रहेको छ । जर्मनी र मोरक्कोको समान ३ अङ्क भए पनि जर्मनी गोलअन्तरको आधारमा अघि रहेको छ । अङ्कविहीन दक्षिण कोरिया पुछारमा रहेको छ । अन्तिम १६ मा पुग्न अब कोलम्बियालाई मात्र एक अङ्क आवश्यक रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप