आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीले सजिलै हरायो फुलहामलाई

सोमबार, १५ साउन २०८०, १० : १८
सोमबार, १५ साउन २०८०

काठमाडौँ । प्रि—सिजन टुरअन्तर्गत अमेरिकाको मेरिल्यान्डमा खेलिएको खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फुलहामलाई २—० गोलले हराएको छ । चेल्सीले सोमबार खेलिएको खेलमा दुवै गोल पहिलो हाफमै गरेको थियो । 

खेल सुरु भएको २०औँ मिनेटमा थिआगो सिल्भाले चेल्सीलाई अग्रता दिलाएका थिए । बेन चिलवेलको कर्नर पासमा सिल्भाले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । निर्धारित समयको ४१औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले टोलीका लागि दोस्रो गोल थपेका थिए । 

क्रिस्टोफरले प्रि—सिजन टुरमा गरेको यो तेस्रो गोल हो । फ्रान्सेली स्ट्राइकर क्रिस्टोफर पाँच करोड २० लाख पाउन्डमा जर्मन क्लब आरबी लिपजिगबाट चेल्सीमा आबद्ध भएका हुन् । फुलहामले भने खासै गतिलो प्रदर्शन गर्न सकेन । त्यसअघि अर्को खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३—३ गोलको बराबरी खेलेका थिए ।

*यसअघि तस्बिर अन्यथा परेकोमा सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप