आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीमा किटानी जाहेरी दिन पुगेको सारुकको परिवार किन त्यत्तिकै फर्कियो ?

सोमबार, १५ साउन २०८०, १० : ५९
सोमबार, १५ साउन २०८०

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको अझै सुल्झिन सकेको छैन ।

 आत्महत्याको विषयमा प्रहरीले उनको मोबाइलबाट ‘१ पेज लामो’ सुसाइड नोट भेटेको जनाएको छ । मोबाइल नोटमा सारुकले आफ्ना सबै साथीभाइलाई सम्झेका छन् कसैलाई आरोप नलगाएको बताइएको छ । 

यसैबीच आत्महत्याको अनुसन्धान सुस्त देखियो भन्दै आइतबार दिउँसो सारुककी आमा कलाकार संघको एक टोलीसहित किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन् । तर, प्रहरीले प्रारम्भिक निवेदनको आधारमा नै अनुसन्धान भइरहेको भन्दै किटानी जाहेरी नलिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।

‘हामी कलाकार संघको एक टोली सारुकको अनुसन्धानमा दबाब दिन उनकी आमासहित किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका थियौ’, निरौलाले भने, ‘एसएसपी सा'बले प्रारम्भिक निवेदनकै आधारमा अगाडि बढिरहेका छौं । यदि जाहेरी चाहिएको अवस्थामा माग्छौं भन्नुभयो ।’ 

यो केशमा राम्रोसँग अनुसन्धान भैरहेकाले यसलाई प्रभावित हुने गरी कुनै कार्य नगरिदिन समेत प्रहरीले परिवारलाई अनुरोध गरेका निरौलाको भनाइ छ ।

किटानी जाहेरीमा कसको नाम थियो भन्नेबारे निरौलाले खोल्न चाहेनन् । 

सारुककी आमासँग कलाकार संघका अध्यक्ष निरौलासहित संघका महासचिव सविन श्रेष्ठ, पूर्वअध्यक्ष रवीन्द्र खड्का लगायत सहभागी थिए ।

सारुकका पिता भने अहिले अस्वस्थ भएका कारण शनिवारबाट नर्भिक अस्पतालमा उपचारार्थ छन् । गत असार २१ गते सारुक रातोपुलस्थित आफ्नो घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

 आत्महत्या अगाडिसम्म उनी फिल्म ‘ह्यासट्याग माया’को सुटिङमा सक्रिय थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप