आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा निउरे

सोमबार, १५ साउन २०८०, १२ : ४७
सोमबार, १५ साउन २०८०

जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचनमा नविन निउरेले अध्यक्षमा बाजी मारेका छन् । आइतबार सम्पन्न ‘अनलाईन भेरो भेटिङ’ नामक प्रणालीबाट भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी संगीता अधिकारी सुवेदीलाई पछि पार्दै २ हजार ९ सय ५५ मत प्राप्त गरि निउरे विजयी भएका हुन् ।  

आगामी कार्यकाल २०२३–२५ का लागि अध्यक्षमा निउरे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  कुल ७ हजार १ सय ६८ मतदाता रहेकोमा निर्वाचनमा ५ हजार ४ सय ४८  मत खसेको थियो ।  

सुवेदीले १२ सय २० मत प्राप्त गर्दा अर्का अध्यक्षका प्रत्यासी राजकुमार अधिकारीले ७ सय ७७ मत पाएका थिए भने अर्का प्रत्यासी रामकृष्ण श्रेष्ठले ४९६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । कुल खसेको मतको ५४.२४ प्रतिशतभन्दा बढि मत निउरेले प्राप्त गरेका छन् ।   

सम्पन्न निर्वाचनमा ५ उपाध्यक्ष पदका लागि ८ जना प्रत्यासी रहेकोमा सचिन श्रेष्ठले २ हजार ७ सय १२, सुवास लामिछानेले २ हजार ३ सय ८२, देवराज उप्रेतीले २ हजार ३ सय ८१, कृष्ण गैरे शर्मा २ हजार १ सय, ३१ र सिद्धार्थ श्रेष्ठले २ हजार १ सय २१ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भएका छन् । 

महिला उपाध्यक्षमा एलिजा केसी भण्डारीले २ हजार ८ सय १२ मत प्राप्त गरि विजयी हुँदा प्रतिष्पर्धी लक्ष्मी केसी महर्जनले २ हजार ६ सय ८ मत प्राप्त गरेकी छन् ।

महासचिवमा टिकाराम खरेल २ हजार ८ सय ८९ मत प्राप्त गरि विजयी भएका छन् भने प्रतिष्पर्धी श्यामकुमार श्रेष्ठ श्याम शीतलले २ हजार ६ सय २६ मत ल्याएका छन् । स्मरण रहोस् गत कार्यकालमा हाल निर्वाचित टिकाराम खरेल ३ हजार ४ सय ८४ मत ल्याइ पराजित भएका थिए ।

३ जना सचिव पदका लागि भएको निर्वाचनमा ६ जनाले प्रतिस्पर्धा  गरेका थिए । उक्त प्रतिष्प्रधाबाट २७ सय ६२ मत प्राप्त गरि अर्जुन थापा बगाले, २५ सय ६० मत ल्याइ दिपेश केसी खत्री र २१ सय ५२ मतसहित दिलिप कँडेल सचिव पदमा निर्वाचित भएका छन् । महिला सचिव पदमा चन्द्राकुमारी केसी यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् । 

कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी रहेकोमा ३ हजार ३५ मत ल्याउँदै दिपक सुनार विजयी हुँदा निकटतम प्रतिस्पर्धी कर्सांङ तामाङले २ हजार ३ सय ७१ मत ल्याएका छन् । सह कोषाध्यक्ष पदमा रामबहादुर थापा ३२ सय ६४ मतसहित विजयी हुँदा महिला सहकोषाध्यक्ष पदमा अञ्जु भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । 

युवा संयोजक पदका प्रत्यासी राजु भण्डारी सुनीलले उम्मेदवारी फिर्ता लिएसँगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित हुन सफल रहेका छन् भने महिला संयोजक पदमा हेमा पाण्डे पनि निर्विरोध निर्वाचित भएकी छन् ।  त्यस्तै निर्वाचनमा ८ जना सदस्यका लागि १७ जनाले प्रतिष्पर्धा गरेका थिए ।  

सदस्य पदमा  ३ हजार ९ सय ४६ मत ल्याएर दिलिप शर्मा विजयी भएका छन् भने अन्य सदस्य पदमा विनय गुरुङले ३२ सय ६१, ध्रुव गौतमले २९ सय ३९, दिनेश लोहनीले  २४ सय ८५, ज्योति केसीले ३४ सय ३६  कृष्णप्रसाद कंडेलले २७ सय ३९, नेत्र पाण्डेले २८ सय २४ र रामु कंडेलले ३ हजार ४ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका छन् ।

महिला सदस्यमा यस निर्वाचन कै अत्यधिक मत ३९ सय ७० मतसहित ललिता तामाङ निर्वाचित भएकी छन् ।  अन्तराष्ट्रिय समन्वय परिपद् सदस्यका लागि बाबुराम खरेल, विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा अनिल निर्विरोध निर्वाचित भएका छन् । 

आइतबार नै सम्पन्न क्षेत्रीय समिति कान्साइको निर्वाचनबाट संयोजकमा ३ सय ६९ मतसहित हरिप्रसाद कंडेल र सचिवमा ३ सय ५८ मतसहित विनोद कंडेल निर्वाचित भएका छन् ।

त्यस्तै नागोया क्षेत्रीय समितिमा भएको निर्वाचनमा ३ सय ९१ मत ल्याइ सचिवमा दलबहादुर कार्की र २ सय ८५ मत ल्याइ रुपेश पुनः कोषाध्यक्षमा चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप