मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साइप्रस पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ

सोमबार, १५ साउन २०८०, १५ : १७
सोमबार, १५ साउन २०८०

काठमाड । साइप्रस पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भएर काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने राजन गिरी छन् ।

 ३३ वर्षीय राजन आइतबार पक्राउ परेका हुन् । आरोपितले सौरभ नेपाललाई साइप्रसस्थित प्रतिष्ठित कम्पनीमा एक लाख तलव आउने जागिर मिलाइदिन्छु भनेर दुई लाख रुपैयाँ ठगेको पीडितले बताएका छन् । पीडितसँग पटक पटक गरेर नगद लिएपछि उन सम्पर्कबिहिन भएका थिए । 

वैदेशिक रोजगार विभागको पत्रको आधारमा गिरीलाई पक्राउ  गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप