आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टोखाबाट १२ जना जुवाडे पक्राउ, १० लाख बरामद

सोमबार, १५ साउन २०८०, १६ : ०८
सोमबार, १५ साउन २०८०

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मिलन टोलस्थित गेष्ट हाउसबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । राजेन्द्र प्रसाद जोशीले संचालन गरेको ‘सेती गण्डकी गेष्ट हाउस’बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा सहित १२ जना छन् । 

प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले आरोपीतहरुको साथबाट १० लाख ४४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । जुवाडेहरुमाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप