सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाटकीय खेलमा अस्ट्रेलियालाई हराउँदै इंग्ल्याण्डद्वारा शृङ्खला बराबर

मङ्गलबार, १६ साउन २०८०, ०९ : २६
मङ्गलबार, १६ साउन २०८०

ओभल । अन्तिम तथा पाँचौ टेस्टमा अस्ट्रेलियालाई ४९ रनले हराउँदै इंग्ल्याण्डले एसेस शृङ्खला २–२ ले बराबरी गरेको छ । ३८४ रनको लक्ष्य पाएको अस्ट्रेलिया अन्तिम दिन ३३४ रनमा अलआउट हुन पुगेको हो ।

अस्ट्रेलियालाई रोक्न क्रिस वोक्सले ४ तथा मोइन अलीले ३ विकेट लिए । आफ्नो अन्तिम टेस्ट खेलिरहेका स्टुअर्ट बोर्डले २ विकेट लिए । ओपनरद्वय डेभिड वार्नर र उसमान ख्वाजाले शतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई रन पछ्याउने क्रममा उत्कृष्ट सुरुवात दिलाएका थिए । वार्नरले ६० तथा ख्वाजाले ७२ रन बनाए । त्यस्तै, स्टीभ स्मिथले ५४ तथा ट्राभिस हेडले ४३ रन बनाउँदै अस्ट्रेलियाको आशा जीवित राखेका थिए ।

तर, वर्षाले खेल अवरुद्ध भएर पुनः सुरुवात भएपछि भने अस्ट्रेलियाले लगातार विकेट गुमाउँदै गयो । र, अन्ततः हारको सामना गर्नुप¥यो । खेलमा क्रिस वोक्स प्लेअर अफ द म्याच चुनिए ।

शृङ्खलाको पहिलो टेस्ट अस्ट्रेलियाले २ विकेटले जितेको थियो भने दोस्रो टेस्ट ४३ रनले आफ्नो पक्षमा पारेको थियो । तेस्रो टेस्ट इंग्ल्याण्डले ३ विकेटले जित्दा चौथो टेस्ट भने बराबरीमा सकिएको थियो । शृङ्खलामा वोक्स र मिचेल स्टार्क उत्कृष्ट खेलाडी चुनिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप