सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लिभरपुल छाडेर अल–इतिहाद पुगे फाबिन्हो

मङ्गलबार, १६ साउन २०८०, ०९ : ४३
मङ्गलबार, १६ साउन २०८०

लिभरपुल । ब्राजिलियन मिडफिल्डर फाबिन्हो लिभरपुल छाडेर साउदी प्रो–लिग क्लब अल–इतिहादसँग अनुबन्ध भएका छन् । 

साउदी क्लबले उनको लागि ४ करोड पाउन्डको अफर प्रस्तुत गरेपछि २९ वर्षीय खेलाडी लिभरपुलको जर्मनीमा आयोजित प्रशिक्षण क्याम्पमा सहभागी भएका थिएनन् । उनले क्लबसँग ३ वर्षको करार सम्झौता गरेको बताइएको छ ।

ब्राजिलका लागि २९ खेल खेलेका फाबिन्हो सन् २०१८ मा ३।९ करोड पाउन्डमा मोनाकोबाट लिभरपुल आइपुगेका थिए । लिभरपुलका लागि २१९ खेल खेल खेल्दै उनले ११ गोल गरेका थिए । लिभरपुलमा रहँदा उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, लिग कप र फिफा क्लब विश्वको उपाधि जितेका थिए ।

वुल्भ्सका पूर्व म्यानेजर नुनो इस्पेरितो सान्तोले म्यानेज गरेको अल–इतिहादमा यसअघि बालोन डी’ओर विजेता रियल मड्रिडका पूर्व स्ट्राइकर करिम बेन्जेमा, चेल्सीका पूर्व मिडफिल्डर एन’गोलो कान्टे र सेल्टिकका पूर्व स्ट्राइकर जोटा आबद्ध भइसकेका छन् ।

केही दिनअघि मात्र लिभरपुलका अर्का मिडफिल्डर जोर्डन हेन्डरसन अर्को साउदी क्लब अल–इत्तिफाकसँग अनुबन्ध भएका थिए । लिभरपुलले यो सिजन जेम्स मिल्नर, एलेक्स ओक्सालेड च्याम्बरलिन र नाबी किएटालाई पनि गुमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप