आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सल्के साईला’मा श्रीमान् श्रीमती बने अनु र राजाराम

मङ्गलबार, १६ साउन २०८०, १२ : ४९
मङ्गलबार, १६ साउन २०८०

काठमाडौंँ । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘सल्के साईला’ सार्वजनिक भएको छ । रामहरि खड्काको शब्द रहेको गीतमा धीर बिक्रम सिंहले संगीत दिएका छन् ।

गीतको भिडियोमा हाँस्य कलाकार राजाराम पौडेल र अभिनेत्री अनु शाहको अभिनय छ । सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोमा सामान्यतया, नेपाली समाजमा घट्ने पारिवारिक समस्यालाई देखाउन खोजिएको छ । भिडियोमा अनु र राजारामले श्रीमान्–श्रीमतीको भुमिका निर्वाह गरेका छन् ।

राजाराम र अनुको छोरा–छोरीको भुमिकामा भने बालकलाकार आरोही शर्मा र गौरव शर्मा छन् । लक्ष्मण गुरुङले निर्माण गरेको भिडियोमा चक्र बहादुर बरालको छायांकन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप