आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भियतनामविरुद्ध गोल वर्षा गर्दै नेदरल्यान्ड्स नकआउट चरणमा

मङ्गलबार, १६ साउन २०८०, १५ : २३
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेदरल्यान्ड्स नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले भियतनाम विरुद्ध गोल वर्षा गर्‍यो । उक्त खेलमा नेदरल्यान्ड्सले भियतनामलाई ७—० गोलले हरायो । 

नेदरल्यान्ड्स तीन खेलबाट सात अंक बटुल्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । नेदरल्यान्ड्सले समूहगत चरणमा दुई जित र एक बराबरीको नतिजा निकाल्यो । समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सका लागि एस्मी बर्गट्स र जिल रुर्डले दुई—दुई गोलको योगदान गरेका थिए । यसका अतिरिक्त लाइक मार्टेन्स, काट्जा स्नोइज्स र ड्यानियला भान डे डन्कले पनि एक—एक गोलको योगदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप