सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साबिक विजेता अमेरिका प्रिक्वार्टरफाइनलमा

मङ्गलबार, १६ साउन २०८०, १५ : ३६
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । साबिक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा अमेरिकालाई पोर्चुगलले गोलरहित बराबरीमा रोक्यो । 

उक्त नतिजापछि अमेरिका समूह उपविजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अंक बटुल्यो । अमेरिकाले समूहगत चरणमा एक जित र दुई बराबरीको नतिजा निकालेको थियो । 

उक्त समूहबाट नेदरल्यान्ड्स विजेताका रुपमा नकआउट चरणमा पुग्यो । पोर्चुगल र भियतनाम भने उपाधि होडबाट बाहिरिए । पोर्चुगल तीन खेलबाट चार अंक जोड्दै समूहमा तेस्रो भयो । चौथो स्थानमा रहेको भियतनामले भने अंक बटुल्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप