आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाडका लागि कराँते खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइने

मङ्गलबार, १६ साउन २०८०, १८ : ००
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेपाल कराँते महासंघको मंगलबार बसेको सचिवालय बैठकले १९औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका कराँते खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने निर्णय गरेको छ । बैठकले एसियाली खेलकुदको तयारीका लागि राष्ट्रिय कराँते टोलीका खेलाडीलाई युरोपका विभिन्न राष्ट्रमा प्रशिक्षण गराउने निर्णय लिएको हो । 

महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा बसेको बैठकले कुमितेतर्फका खेलाडीलाई युरोपको फ्रान्स, जर्मनी र स्विट्जरल्यान्ड तथा इन्डोनेसियामा वैदेशिक प्रशिक्षण गराउने निर्णय लिएको हो । यसैगरी बैठकले कातातर्फका खेलाडीलाई जापान र इन्डोनेसियामा वैदेशिक प्रशिक्षण गराउने निर्णय गरेको छ । 

यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने कराँते प्रतियोगितामा नेपालको राष्ट्रिय ‘बी’ टोलीलाई सहभागी गराउने निर्णय पनि गरेको छ । बैठकले नेपाल कराँते महासंघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरबाट सातदोबाटोस्थित कराँते एकेडेमीमा सार्ने निर्णय पनि गरेको छ । एसियाली खेलकुदको १९औं संस्करण चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप