आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वासको मत पाउनेमा कुनै शंका छैन : मुख्यमन्त्री थापा

मङ्गलबार, १६ साउन २०८०, १९ : ०९
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । कोशी प्रदेशमा पुनः मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले विश्वासको मत पाउने कुरामा कुनै शंका नरहेको बताएका छन् ।

मुख्यमन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, ‘गठबन्धनमा विश्वासको मतको बहुमत पुगेकै छ । त्यसका कुनै शंका छ र ?’

सभामुखले राजीनामा दिएपछि उपसभामुखले सभाको अध्यक्षता गर्ने भन्दै आफूले विश्वासको मत पाउने थापाले बताए ।

उससभामुखले पनि राजीनामा दिनुहुन्छ रे भन्ने प्रश्नमा थापाले भने, ‘उहाँको राजीनामा आएपछि हामीले सोचौला नि । उहाँको राजीनामाको हामीले परिकल्पना गरेका छैनौं ।’

तर, उनले कोशी प्रदेशको मुख्य चुनौती राजनीतिक अस्थिरता भएको बताए । ‘कोशी प्रदेशको राजनीति कै अस्थिर खालको भयो । गणितका कारणले प्रदेशमाथि सधैँ यस्तै हुने भयो । यो सरकारको मुख्य चुनौती राजनीतिक अस्थिरता हो,’ मुख्यमन्त्री थापाले भने ।

पुराना र नयाँलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गरिने उनको भनाइ छ । ‘कोशी प्रदेशमा ९ सदस्यीय मन्त्री परिषद्को व्यवस्था छ । ९ भन्दा माथि जाँदैन । मन्त्री बनाउँदा पुरानो पनि दोहोरिन सक्नुहुन्छ । नयाँ पनि आउन सक्नुहुन्छ,’ थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप