लेबी नबुझाउनेलाई समितिबाट हटाउने जनमतको चेतावनी
काठमाडौँ । जनमत पार्टीले तोकेअनुसार लेबी नतिरेका पार्टी सदस्यलाई सम्बन्धित समितिहरुबाट हटाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालयले तोके बमोजिमको वार्षिक, मासिक लेबी तिर्न र सदस्यता शुल्क तिरेर आआफ्नो सदस्यता समयमा नवीकरण गर्न जनमत पार्टीले नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।
लेबी नतिर्ने पदाधिकारी तथा सदस्यहरुको नाम सम्बन्धित समितिहरुबाट क्रमिक रुपमा हटाउने निर्णय भएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए । पार्टीको बैठकहरुमा नवीकरण गरिएको सदस्यता परिचयपत्र अनिवार्य गर्न समेत निर्देशन दिएको बताउँदै उनले क्रियाशील सदस्यता वा साधारण सदस्यता नवीकरण जिल्ला पार्टी कार्यालयबाट हुने जानकारी दिए ।
केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्का सदस्यले वार्षिक एक हजार, प्रदेश समिति सदस्यले ५००, जिल्ला समितिले ४००, पालिका समिति सदस्यले ३००, वडा समिति सदस्यले २०० रुपैयाँ लेबी बुझाउनुपर्ने तोकिएको छ ।