आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा २ जना पक्राउ

बुधबार, १७ साउन २०८०, १२ : ५३
बुधबार, १७ साउन २०८०

विराटनगर ।  सुनसरीको धरानको सडकखण्डमा  विराटनगर महानगरपालिका  ५  का  २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोसहित पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सर्वाजानिक गर्ने तयारी गरेको छ । आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी हत्या आरोपीलाई सार्वजानिक गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।  
प्रहरीले हत्या कारण र आरोपीको नाम अहिले गोप्य राखेको छ । ‘पत्रकार सम्मेलनमा घटनाको बारेमा जानकारी दिनेछौं,’ डिआइजी बास्तोलाले भने, ‘ अहिले मैले यति भने ।’ यस घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय रिट र सुनसरी प्रहरीले संयुक्त रुपमा अनुसन्धान गर्दै आएको छ । 

साउन ५ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै  गोली प्रहार भएको थियो । साथीसँग मूलघाटबाट विराटनगर आउँने क्रममा जंगलमा  उनको दाहिने कोखमा गोली लागेको थियो । उपचारको क्रममा बीपी कोइरला विज्ञान प्रतिष्ठान धारनमा मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप