इलेक्ट्रिक स्कुटरहरु किन्न क्रेडिट कार्ड मार्फत कर्जा सुविधा
बुधबार, १७ साउन २०८०, १३ : ३६
काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच व्यवसायिक सम्झौता भएको छ । दुई कम्पनीबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत कर्जा सुबिधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
जसअन्तर्गत कुनैपनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिनादेखि १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि जनाइएको छ । ।
एफ डि मोर्टर्सले हाल दुई मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य रु. २,६१,९९९ र एफ फाइब एको मूल्य रु. २,९७,९९९ रहेको छ ।