आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोलमा बाँधेर मान्छे कुट्ने पक्राउ

बुधबार, १७ साउन २०८०, १३ : ४१
बुधबार, १७ साउन २०८०

रौतहट । पोलमा बाँधेर मान्छे कुटेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी रहेका छन् ।

प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार गत साउन १४ गते गौर नगरपालिका–३ पोखरिया टोल स्थित मस्जिद छेउवामा एक जना मानिसलाई अन्सारीले पोलमा बाँधी कुटपिट गरेका थिए । कुटपिटको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्नेको खोजी सुरु गरेको थियो ।

यादवका अनुसार अन्सारीलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप