सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एएफसी कपमा मच्छिन्द्र र भुटानी टीम भिड्दै, टिकटको मूल्य ५०० र २०० निर्धारण

बुधबार, १७ साउन २०८०, १४ : ५३
बुधबार, १७ साउन २०८०

काठमाडौँ । यही साउन २३ गते राजधानीको दशरथ रगंशालामा एएफसी कप–२०२३ को पहिलो छनोट चरणको खेल हुने तय भएको छ । 

उक्त खेलमा नेपालको प्रतिनिधित्व ए डिभिजन लिग क्लब मच्छिन्द्र फुटबल क्लबले गर्दैछ । खेलमा मच्छिन्द्रलेभुटानको लिग च्याम्पियन पारो एफासीविरुद्ध खेल्न लागेको हो । 

साँझ ५ः३० बजेदेखि सुरु हुने खेल हेर्न चाहने दर्शकलाई टिकटको मूल्य निर्धारण भएको छ । माउण्ट एभेरेस्ट स्पोर्टस एण्ड एभेन्ट म्यानेन्जमेन्ट कम्पनीका अनुसार भिआईपी तर्फ रु ५०० र साधारण प्याराफिट तर्फ रु २०० निकटको मूल्य निर्धारण गरिएको छ ।  

टिकट इसेवामार्फत खरिद गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप