आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो फिल्म ‘हिँड्दा हिँड्दै’

बुधबार, १७ साउन २०८०

काठमाडौँ । आकाश श्रेष्ठ र रेखा शाहको शीर्ष भूमिकामा रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक भएको छ । 

फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम र प्रेममा आउने उतारचढावलाई देखाइएको छ । फिल्म मिलन आले मगरले निर्देशन गरेका हुन् ।

भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ र बाल कलाकारमा अर्विन थिङ्ग लगायतको अभिनय छ ।

नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । 

विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा तारा प्रकाश र किरण माइकलको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया