आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधबार, १७ साउन २०८०, १७ : ३८
बुधबार, १७ साउन २०८०

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको संख्या २१ पुगेको छ । उनीहरुलाई प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप