आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सोनापुर मिनरल्सले पायो आईपीओ निष्काशनको अनुमति

बुधबार, १७ साउन २०८०, १९ : ५८
बुधबार, १७ साउन २०८०

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्नेगरी अनुमति प्रदान गरेको हो । 

योसँगै कम्पनीले प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसा दरले १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर निष्कासन गर्ने बाटो पाएको छ । 

कम्पनीले जारी पुँजीको ४० प्रतिशत साधारण सेयर निष्कासन गर्ने भएको हो ।

तर, कम्पनीका कर्मचारीले भने प्रतिकित्ता १०० रुपैयाँमा १२५ रुपैयाँ थप गरी २२५ रुपैयाँ दरमा नै आईपीओ पाउनेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबीएस क्यापिटल रहने भएको छ ।

सोनापुर मिनरल्स एण्ड आयलले सोना सिमेन्ट, सोनाली सिमेन्ट, सोनापुर सिमेन्ट, सोनाटेक सिमेन्ट, सोना चाँदी सिमेन्ट र सोनाश्री सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप