आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालिगण्डकीमा जिप दुर्घटना गराएर स्टोर संचालकको रकम हिनामिना गर्ने दम्पती पक्राउ

बुधबार, १७ साउन २०८०, २० : २४
बुधबार, १७ साउन २०८०

काठमाडौँ । म्याग्दीस्थित कालिगण्डकीमा योजनाबद्ध जिप दुर्घटना गराएर स्टोर संचालकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका–५ घर भएका कमलेश परियार र उनकी पत्नी सिता लौडारी परियार छन् ।

बेनी नगरपालिकास्थित ‘सुमन किराना स्टोर’को सामान ढुवानी गर्ने जिप चालक हुन् कमलेश परियार । उनले योजनाबद्ध रुपमा ग.२ च १०३१ नम्बरको बोलेरो जिप दुर्घटना गराएर स्टोरको रकम लिएर भागेको अनुसन्धानबाट थाहा भएको म्याग्दीका डिएसपी मदन कुँवरले रातोपाटीलाई बताए ।

जिप चालक परियार साउन १० देखी सम्पर्क विहीन भएपछि प्रहरीले उनको खोजी अघि बढाएको थियो । खोजतलास गर्दा उनको जिम्मामा रहेको जिपको अगाडिको सिसा र पैसा उठाउन स्टोरले दिएको रसिद, बिल र चलानी कालिगण्डकीको किनारामा भेटिएको थियो । साउन १२ मा रघुगंगा गाउँपालि–३ स्थित कालिगण्डकीको किनारामा जिपको चक्का भेटिएपछि सशस्त्र प्रहरीको सहयोगमा नदीमा खोजी गरिएको डिएसपी कुँवरले बताए ।

तर, अनुसन्धान गर्दै जाँदा कमलेश काठमाडौँमा लुकेको सुराक पाएपछि प्रहरीले उनलाई नयाँ बसपार्कबाट पक्राउ गरेर म्याग्दीमा लगेको छ । ‘सुरुमा चालक र गाडी बेपत्ता भएको आशंकामा खोजी गरेका थियौँ’ डिएसपी कुँवर भन्छन्–‘तर, योजनाबद्ध रुपमा दुर्घटना गराएको पुष्टि भएको छ ।’

सामान बेचेर उठेको २ लाख भन्दा धेरै नगद उनले पत्नीलाई राख्न दिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । कमलेश गाडी चालक र सेल्सम्यान पनि थिए ।

पत्नीसँग मिलेर योजनाबद्ध गाडी दुर्घटना गराएर रकम हिनामिना गरेको देखिएपछि प्रहरीले पत्नीलाई पनि पक्राउ गरेको छ । अरोपीतहरुविरुद्ध ‘आपराधिक विश्वासघात’को कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी कुँवरले जानकारी  दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप