आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी बैठक : के भन्छन् केन्द्रीय समिति सदस्यहरु ? (भिडियोमा हेर्नुहोस्)

बुधबार, १७ साउन २०८०, २२ : ३९
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधबारदेखि सुरु भयो ।  राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेश गरेको सङ्क्षिप्त प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु भएको छ । 

बैठकमा बुधबार १८ नेताले आ–आफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् । 

यस्तै बैठकमा सम्बोधनका क्रममा प्रचण्डले पार्टी पार्टी जस्तो नभएको भन्दै सच्चिन जरुरी रहेको बताएका थिए ।  अध्यक्ष प्रचण्डको प्रतिवेदन, सम्बोधन र समग्र पार्टीको विषयमा बैठकमा सहभागी भएकामध्येका केही केन्द्रीय समिति सदस्यसँग रातोपाटीले प्रतिक्रिया लिएको छ ।

हेरौँ उनीहरुको भनाइ भिडियोमा : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप