आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जीतपुर सिमराको बझनीमा घर भत्काएको आरोपमा ४ जना पक्राउ

बिहीबार, १८ साउन २०८०, ०८ : ३७
बिहीबार, १८ साउन २०८०

बारा । जीतपुर सिमरा–३ बझनीमा लालबहादुर पाण्डेको घर भत्काएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । घरधनी पाण्डे परिवारले जग्गा कारोबारी तथा होटेल व्यवसायी इच्छाबहादुर वाग्लेको नाममा किटानी जाहेरी दिएपछि अनुसन्धानको क्रममा प्रहरीले ४ जनाई पक्राउ गरेको हो ।

साउन ९ गते राति ३ बजेर २६ मिनेटमा नियोजित ढङ्गले टिपरको प्रयोग गरेर पाण्डेको भत्काइएको थियो ।  १९०४ नं पहेँलो आईचर कम्पनीको ललितपुरको टिपरले साउन ९ गते राति ३ बजेर २६ मिनेटमा घर भत्काएको सिसी क्यामरामा कैद भएको फुटेजको उल्लेख छ । 

सो घटनामा प्रहरीले हालसम्म जीतपुर सिमरा वडा नं १ निवासी आर के भनिने रामकुमार श्रेष्ठ, रमेश पुन, साइँला भन्ने गुणलाल श्रेष्ठ र गाडी चालक राधे चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिहरेको छ । 

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले सो घटनाको मुख्य योजनाकार नै इच्छाबहादुर वाग्लेको कान्छो छोरा मन्सुन वाग्ले रहेको र उनको खोजी भइरहेको जनाएका छन् । 

यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले लगातार ६ दिनको प्रहरीको अनुसन्धान पश्चात् निष्कर्षमा पुगिएको बताएका छन्  । ‘राति साढे ३ बजे घटना घटाएर भागेको टिपर ललितपुरमा लुकाई राखेको  अवस्थामा भेटिएको छ र फरार बाँकी २ जनालाई  अदालतबाट अनुमति लिएर खोजतलास अगाडी बढाएको अवस्था छ’ प्रहरी उपरीक्षक बोगटीले भने ‘गण्डाराज शैलीमा एक जना प्रहरी कर्मचारीको घर रातको समयमा टिपर लगाएर पटक पटक ब्याक गरेर भत्काएको छ, यो आपराधिक काम हो यसमा सङ्लन जो कोही भए पनि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउँछौ’ घरधनी पाण्डेका छोरा प्रहरी हल्दार हुन् ।

प्रहरी उपरीक्षक बोगटीले घुमाउरो तरिकाले घटनामा वाग्लेको प्रत्यक्ष संलग्नता रहेको जनाएका छन् । यो घटनामा पीडित पाण्डे परिवार सहित स्थानीयहरूले वाग्लेको नाममा ‘आपराधिक उपद्र’ मुद्दामा ईप्रका सिमरामा जाहेरी दिएका छन् । 

प्रहरीले गाडी चालकको बयानका आधारमा थप व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । घरधनीका छोरा प्रवीण पाण्डेले भने इच्छाबहादुर वाग्ले यसअघि पनि पटक पटक दुःख दिँदा आफू चुप लागेर बसेको बताएका छन् । रेलवेयको जग्गासँगै पाण्डेले ७ धुर निजी नम्बरी जग्गामा घर बनाएका बनाएका छन् । पाण्डेको घरसँगै रेलवेयको खाली जग्गा कब्जा गर्ने उद्देश्यले होटेल व्यवसायी वाग्ले आफूलाई दुःख दिएको प्रवीण पाण्डेको भनाई छ ।  वाग्ले र पाण्डेको विषयमा जग्गा किचलो मुद्दामा बारा जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ । 

यता वाग्लेले भने प्रेस विज्ञप्ति जारी गरेर घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले सो जग्गा अन्य व्यक्तिलाई भाडामा दिईसकेकाेले घटनाबारे आफूलाई कुनै जानकारी नभएको विज्ञप्ति मार्फत जनाएका छन् ।

p2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप