सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नारायणी नदीमा हामफालेकी एक महिलाको अचेत अवस्थामा प्रहरीद्वारा उद्धार

बिहीबार, १८ साउन २०८०, ०८ : ४७
बिहीबार, १८ साउन २०८०

चितवन । नारायणी नदीमा हामफालेकी एक महिलाको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको छ । बिहीबार बिहान नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । 

उनका अनुसार ती महिला बिहीबार बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट नदीमा हामफालेकी थिइन् । नदीमा महिलाले हामफालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढको टोली उद्धारमा खटिएको थियो । नदीमा हाम्फालेकी करिब ४५ वर्षीय महिलाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको प्रवक्ता पण्डितले बताए । ती महिलाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन भने नदीमा हाम्फाल्नुको कारण पनि पत्ता लाग्न बाँकी रहेको छ। घटना बारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप