सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बोरुसिया डर्टमन्डसँग बराबरीमा रोकियो चेल्सी

बिहीबार, १८ साउन २०८०, ११ : ०३
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । प्रि-सिजन टुरअन्तर्गत बिहीबार अमेरिकामा खेलिएको मैत्रीपूर्ण फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीलाई बराबरीमा रोकेको छ । बोरुसिया डर्टमन्ड र चेल्सीले १- १ गोलको बराबरी खेलेका हुन् । 

उक्त खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । निर्धारित समयको ८० औं मिनेटमा बोरुसिया डर्टमन्डका लागि मारियस उल्फले पहिलो गोल गरेका थिए । तर, बोरुसिया डर्टमन्डको त्यो अग्रता लामो समय टिक्न सकेन । 

निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि चेल्सीले जवाफी गोल फर्काएको थियो । चेल्सीका लागि मासन बरस्टोले जवाफी गोल गरेका थिए । उनी खेलको ८१ औं मिनेटमा निकोलस ज्याक्सनको स्थानमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए ।

यसैगरी स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र रियल सोसिएडाडबीचको खेल भने गोलरहित बराबरीमा सकियो । स्पेनिस क्लब सेभिलले रियल बेटिसलाई १- ० गोलले हरायो । अर्को खेलमा इटालियन क्लब एएस रोमाले फारेन्सलाई ४- २ गोलले पाखा लगायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप