आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुकुम्बासीले वन अतिक्रमण गरी बनाएका २१ वटा घर टहरामा आगो लगाइयो

बिहीबार, १८ साउन २०८०, १६ : ३०
बिहीबार, १८ साउन २०८०

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ र ५ को बीचमा पर्ने कालिका सामुदायिक वन क्षेत्रमा बनेका घर, टहरामा आगो लगाइएको छ ।  डिभिजन वन कार्यालय भेरी बाबियाचौरका निमित्त डिभिजनल वन अधिकृत शेरबहादुर रोकायाको नेतृत्वमा २१ वटा घर, टहरामा आगो लगाइएको हो ।

घर, टहरा हटाउने कार्यक्रममा बराहताल, लेखगाउँ, बड्डिचौर, पन्चपुरि र चौकुने सव डिभिजन वन कार्यालयका कर्मचारी तथा प्रहरी चाैकी बड्डीचाैर सहभागी भएको थियो । 

भट्टेघारि राताडाँडास्थित करिब ५ हेक्टर वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका २१ घरटहरा, छाप्रा हटाइ नस्ट गरिएको डिभिजन वन कार्यालय भेरीले जनाएको छ ।  ०७९ असोजमा आएको बाढीले चेपाङ्ग बस्तीका १४ घरमा क्षति पु¥याएको थियो । बाढी पीडितहरु भट्टेघारि स्थित वन क्षेत्रमा आई टेन्ट हालेर बसेका थिए । तर, सकुम्बासीका नाममा अन्य व्यक्तिले समेत वन फँडानी गरी टहरा बनाएका थिए । डिभिजन वन कार्यालयले ती घर, टहरामा आगोनै लगाइदियो । 

सामुदायिक वन उपभोक्ता समितिले भने आगजनी गरिएका घर, टहरा भएका व्यक्तिहरुले अनुमति बिना नै अतिक्रमण गरी बसेको बताएको छ । 

प्रहरी चौकी बाबियाचौरका प्रमुख दीलिप बस्नेतले जंगल ओगटेर बसेकाहरुको घर र टहरा जलाइएको बताए । ‘हामीले घर टहरामा आगो लगाइएका व्यक्तिहरुको घर भट्टेघारिमा छँदैछ तर, रातारात जंगलमा गई ओगट्नुभयो, उहाँहरु सकुम्बासी भएपनि यहाँभन्दा पहिला स्थानीय सरकारले बस्ने व्यवस्था गरिसकेको थियो,’ उनले भने, ‘तर, उहाँहरुले जंगल क्षेत्र नै प्रतिदिन ओगट्दै गएपछि आगो लगाइएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप