आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड गायक जावेद अली नेपालमा

शुक्रबार, १९ साउन २०८०, ०७ : ५९
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । भारतीय गायक जावेद अली नेपाल आएका छन् । उनी बिहीबार नेपाल आएका हुन् । शुक्रबार होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

फिल्म ‘रकस्टार’ को ‘कौन फाया कौन’, ‘गजनी’ को ‘गुजारिश’, ‘रांझना’ को ‘तुम तक’, ‘बजरंगी भाईजान’को ‘तु जो मिला’ लगायतका ५सय बढी फिल्मी गीतमा स्वर दिएका अली चर्चित गायक उस्ताद हमिद हुसेनका छोरा हुन् । सानैदेखि कब्वाली गायनको वातावरणमा हुर्किएका उनी विभिन्न संगीतिक रियालिटी शो हुँदै बलिउड फिल्म गायनमा छिरेका थिए ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गर्न लागेको कार्यक्रममा अलीले आफ्ना दर्जन बढी फिल्म तथा अन्य गीत राख्नेछन् । गीतसङ्गीत प्रेमीहरूलाई सङ्गीतमा रमाउने अवसर प्रदान गर्न अलीको संगीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप