आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीटीईभीटीको प्रवेश परीक्षा मिति सर्‍यो

शुक्रबार, १९ साउन २०८०, १४ : ००
शुक्रबार, १९ साउन २०८०

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले प्रवेश परीक्षाको मिति सारेको छ । 

परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहको प्रवेश परीक्षाको मिति सारेको हो ।  साउन २० र २४ गतेका लागि तय भएको प्रवेश परीक्षाको मिति भदौमा सारिएको हो । 

भदौ २ गतेदेखि ६ गतेसम्म निःशुल्क र पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षा गर्न लागिएको परिषद्ले जनाएको छ । 

प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद समेत थप गरिएको छ । साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । 

365428594_682862273865041_2234055763924201719_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप