आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रज्ञा प्रतिष्ठानमा माओवादी बैठकको तेस्रो दिन, तस्बिरमा हेर्नुस्
फोटोफिचर

प्रज्ञा प्रतिष्ठानमा माओवादी बैठकको तेस्रो दिन, तस्बिरमा हेर्नुस्

शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक जारी छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।  

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा केन्द्रीत रहेर नेताहरुले आ–आफ्नो धारणा राखिरहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बोल्ने अधिकांश नेताहरुले पार्टी रुपान्तरणमा जोड दिएका छन् ।

पाँच दिनका लागि तय भएको बैठकमा अहिलेसम्म एक सय हाराहारी केन्द्रीय सदस्यले मात्रै बोलेका छन् ।  झण्डै साढे दुईसय नेताहरुले बोल्न बाँकी रहेकाले बैठक अरु केही दिन लम्बिन सक्ने भएको छ ।

बोल्न चाहने सबै नेतालाई बोल्नका लागि समय उपलब्ध गराइने भएकाले बैठक लम्बिने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया