आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ

शुक्रबार, १९ साउन २०८०, १६ : १०
शुक्रबार, १९ साउन २०८०

बुटवल । भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ परेका छन् ।  अवैध रुपमा भन्सार छली लुकाई छिपाई राखेका ३ लाखभन्दा बढी मूल्यका मोबाइलसहित ४० वर्षीय विशाल जैसवाल पक्राउ परेका हुन् ।

जैसवाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ निवासी हुन् । उनलाई आफ्नै घरबाट मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको घरबाट स्क्रिनटच मोबाइल ३६ पिस, विभिन्न कम्पनीका सादा मोबाइल १० पिस र पावर वैँक ६ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । 

ती मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार बराबर रहेको समेत अर्यालले बताए । । पक्राउ परेका जैसवाल र बरामद मोबाइल भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप