आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गजल

नैतिकता डढाएरै खरानी चाहिन्छ

शनिबार, २० साउन २०८०, ०६ : ५०
शनिबार, २० साउन २०८०

न आगो चाहिन्छ, न पानी चाहिन्छ
मन पगाल्न त आँखाको नानी चाहिन्छ

क्वाटर, नशा, उम्लिएको जवानीमा
मान्छेलाई टिकटककै सिरानी चाहिन्छ

ना बाबा, मेरो राजा, ‘श्रीमान्’सँग छु म
नैतिकता डढाएरै खरानी चाहिन्छ 

देखाउने छोपेर छोप्ने चैँ देखाउँदा
गाली र सजाय जानी जानी पाइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आत्रेय विकासराज
आत्रेय विकासराज
लेखकबाट थप