आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संगीतको कुनै सीमा हुँदैन : शम्भुजित बाँस्कोटा

शनिबार, २० साउन २०८०, ११ : १०
शनिबार, २० साउन २०८०

काठमाडौँ । संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताएका छन् । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपालमा पनि गीतहरु पुस्तान्तरण हुँदै प्रभावकारी रुपमा प्रविधिको विकाससँगै अघि बढिरहेको बताए । उनले म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको बताए  । उनले पछिल्लो समय मानिसको प्रतिभालाई छिटोभन्दा छिटो जनमानसमा पुर्याउने काम पनि म्युजिक भिडियोबाट भइरहेको बताए ।

‘संगीतको कुनै सीमा हुँदैन । संगीत सदाबहार हुन्छ । त्यसको एउटा सुर हुन्छ, त्यसको लय, त्यसको समय, त्यसको हरेक कुराहरु संगीतको एउटा प्रभाव छुट्टै हुन्छ । हाम्रो देश नेपालमा नेपाली संगीतमा धेरै विधाहरु छन्’ उनले भने, ‘रक एण्ड र्याप पहिलाबाट नै शुरु भएका हुन् । पुस्तादेखि पुस्ता हुँदै जाने नै हो । नेपालमा पहिला पनि ब्याण्डहरु थिए । अहिले प्रविधिको विकासमा हामी छौँ । म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको छ । मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पु¥याउने काम गरेको छ ।’

अरमान तामाङको स्वर रहेको गीतमा विनोद ढकार र तामाङको शब्द र भिडियोमा अरमान तामाङ र रिया लामाको अभिनय छ । भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप