ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुन बनाउने तयारी
शनिबार, २० साउन २०८०, १२ : २०
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । सङ्घीय निजामती सेवा ऐनको विधेयकका साथै अन्य २ विधेयक संसद्मा दर्ता गर्ने तयारीमा सरकार रहेको मन्त्री अमनलाल मोदीले जानकारी दिएका छन् ।
मन्त्री मोदीले ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयकको पनि मस्यौदा निर्माणको काम सकिएको बताएका छन् ।
यस्तै फोहोर महिला व्यवस्थापन सम्बन्धी कानुनको विधेयकको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।